नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट, सुन तोलामै १० हजार १०० रुपैयाँ घट्यो

by समतल अनलाइन
61Shares

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा १० हजार १०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला ३ लाख एकहजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

You may also like

This will close in 0 seconds