70
काठमाडौं।राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुन नयाँ विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले उनलाई यस मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी नियुक्तिका लागि सिफारिस गरेका हुन्। यसअघि यो मन्त्रालय प्रधानमन्त्री शाह आफैँले राख्दै आएका थिए।
यस निर्णयसँगै आज (मंगलबार) दिउँसो सिंहदरबाररबालुवाटारमा उनको शपथ ग्रहणको तयारी समेत भइरहेको छ। पुन यसअघि अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रूपमा कार्यरत थिए, तर निर्वाचन लड्नका लागि उनले पदबाट राजीनामा दिएका थिए। हालै जेठ १५ मा सार्वजनिक भएको बजेटमा पनि सरकारले उनले माग गरेबमोजिम नवप्रवर्तन र अनुसन्धानका लागि बजेट छुट्याएको थियो।




