11
काठमाडौं । सिन्धुली क्षेत्र नम्बर १ को माननीयको हुँ भन्दै ट्राफिक प्रहरीलाई धम्क्याउने एक जना पक्राउ परेका छन् । बिहीबार सिन्धुली कमलामाई ७ का ३६ वर्षीय लोकबहादुर तामाङ पक्राउ परेका हुन् ।
उनले आफूलाई सिन्धुली क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य माननीय धनेन्द्र कार्की हुँ भन्दै झुटो परिचय दिने गरेका थिए ।तामाङले ट्राफिक प्रहरीलगायत विभिन्न व्यक्तिहरूलाई फोनमार्फत दबाब दिने काम कारवाहीमा अनुचित प्रभाव पार्न खोज्ने गरेका थिए ।
अभद्र व्यवहारसमेत गरेको भन्ने बेहोराको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उज्वल कार्कीले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय, सिन्धुलीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।


