एउटै ओभरमा ६ छक्का हान्दै कुशल भुर्तेलले बनाए नयाँ रेकर्ड

by समतल अनलाइन
34Shares

काठमाडौँ । एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध एउटै ओभरमा ६ छक्का हिर्काउँदै नेपाली ओपनर कुशल भुर्तेलले नयाँ रेकर्ड बनाएका छन् ।

यसअघि यो रेकर्ड नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीको नाममा थियो । आइतबार सिंगापुरमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका ओपनर भुर्तेलले खेलको नौ ओभरमा ६ बल्लमा छक्का प्रकार गरेका हुन् । उनले एउटै ओभरमा एक वाइड पाउँदा ३७ रन बनाए । यो नेपाली क्रिकेटका लागि उनको उत्कृष्ट ब्याटिङ हो ।

४३ बलको सामना गर्दा उनले छिटो शतक बनाउने रेकर्डसमेत बनाए । ४३ बलको सामना गर्दा उनले १२९ रन बनाएका हुन् । कुशलले चीन विरुद्ध ३४ बलमा सय रन बनाएर नयाँ रेकर्डसमेत बताएका छन् । १७ ओभरको समाप्तिमा चीनविरुद्ध दुई विकेटको क्षतिमा नेपालले २५६ रन बनाएको छ ।

You may also like