कुशीनगरमा बन्दक बनाइएका ५०० नेपाली उद्धार

by समतल अनलाइन
29Shares

काठमाडौं । भारतको उत्तर प्रदेशको कुशीनगरबाट ५०० नेपालीको उद्धार गरिएको छ । उनीहरूलाई नेपाल ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

गएराति भारतीय प्रहरीको सहयोगमा कुशीनगरमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोली भारत गएर उनीहरूको उद्धार गरेको हो ।

सुनौली नाकामार्फत उनीहरूलाई अहिले नेपाल ल्याइँदै छ । रुपन्देही प्रहरीकाअनुसार विभिन्न प्रलोभन देखाएर उनीहरूलाई नेपालबाट भारत पुर्‍याएर बन्दक बनाइएको थियो ।

You may also like