छैटौँ पटक राष्ट्रपति रनिङ सिल्डको उपाधि जित्दै बुटवलको इतिहास

by समतल अनलाइन
25Shares

बुटवल। बुटवलमा सम्पन्न रुपन्देही जिल्ला स्तरीय १६ औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उपाधि बुटवलले चुमेको छ । प्रतियोगितामा २७ स्वर्ण जित्दै बुटवल टिम च्याम्पियन बनेको हो । यो संग बुटवलले छैटौ पटक उपाधि चुम्दै ईतिहास रचेको छ । प्रतियोगितामा तिलोत्तमा नगरपालिका ९ स्वर्णसहित दोस्रो तथा कन्चन गाउपालिका ६ स्वर्णसहित तृतिय स्थान हासिल गरेको छ । देवदह नगरपालिकाले ५ स्वर्ण तथा सियारी र गैडहवा ३÷३ स्वर्ण पदक जित्दै क्रमश चौथौ र पाचौ स्थानमा रहेका छन ।

एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोष कुमार पाण्डेय, जिल्ला अध्यक्ष कोशिश बहादुर खड्का, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, कार्यालय सचिव चन्द्रकान्त आचार्यले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।

एन्फा एकेडेमी खेलमैदानमा एथ्लेटिक्स, छात्र–छात्रा कबड्डी प्रतियोगिता रुपन्देही जिल्ला खेलकुद विकास समितिको कबड हल, तेक्वान्डो खेलहरू नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय तथा कराते दीप बोर्डिङ स्कुल, छात्र भलिबल न्यु होराइजन बोर्डिङ स्कुलको खेलमैदानमा तथा छात्रा भलिबल एभरेस्ट बोर्डिङ स्कुलमा संचालन भएको थियो । प्रतियोगितामा रुपन्देहीका १० पालिकाका ६९० जना छात्र र ६९० जना छात्रा गरि कुल १३८० जना खेलाडीहरुले विभिन्न विधामा सहभागिता जनाएका थिए ।

You may also like