हर्क साम्पाङको प्रश्न : के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नु भएको हो त ?

by समतल अनलाइन
44Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई जनताको प्रतिनिधि संसदहरुले सोधेको प्रश्नको उत्तर दिन आग्रह गरेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन अध्यक्ष सम्पाङले जनताका प्रश्नहरूको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना भएको बताए ।

मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारमा प्रधानमन्त्री भए नभएको जानकारी पनि माग गरे । उनले भने, ‘जनताका प्रश्नहरूको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना हो । के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ? जनता सरकारले असुरक्षित महशुस गरिरहेका छन् यो बेला । जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो ? यही हो त लोकतन्त्र ? जनताको सुरक्षा गर्न नसक्नु रु सीमा रक्षा गर्न नसक्नुलाई कसरी सफल सरकार भन्न सकिन्छ ?’

साम्पाङले सरकारको डोजर अभियानलाई लिएर प्रधानमन्त्री बालेनको जवाफ माग गरेका छन् । ‘बोल्न नसक्ने भगवानका मन्दिरहरू, गुम्बा र विद्यालयहरू भत्काउनुको कारण के हो ? के यो निर्जीव सरकार हो ? जो जीवित जनताका मूल्यमान्यता संस्कारलाई मेटाउन कसम खाएर आएको । सरकारले जताततै भत्काएको। तोडेको र फोडेको देख्दा जनता आतंकित छन् आज,’ उनले भने ।

सिमानामा छिमेकी मुलुकले गरिरहेको निर्माण कार्यबारे पनि उनले ध्यानाकर्षण गराएका छन् । उनले थपे, ‘सिमानामा छिमेकी मुलुकले गरिरहेको निर्माण कार्य सरकारलाई सोधेर गरिरहेको हो वा आफूखुसी निर्माण गरिरहेको हो ? उदाहरणका लागि महाकाली नदी पारिपट्टी भइरहेको निर्माण कार्यलाई लिन सक्छौँ । सरकार किन मुकदर्शन बनेको हो ? यसको उत्तर जनतालाई पत्रकार सम्मेलन गरेर दिएको रामो ।’

You may also like