अक्सफोर्ड सेकेन्डरी स्कुलको ऐतिहासिक सफलता : एस.ई.ई. २०८२ मा ११ जनाले ल्याए ४.०० जी.पी.ए.

by समतल अनलाइन
144Shares

बुटवल–८, रुपन्देहीस्थित अक्सफोर्ड सेकेन्डरी स्कुल ले राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित एस.ई.ई. २०८२ को नतिजामा उत्कृष्ट सफलता हासिल गरेको छ। विद्यालयबाट सहभागी परीक्षार्थीहरूमध्ये ११ जनाले ४.०० जी.पी.ए. प्राप्त गर्दै विद्यालयलाई गौरवान्वित बनाएका छन्।

४.०० जी.पी.ए. प्राप्त गर्ने विद्यार्थीहरूमा गरिमा अधिकारी, कृष्टिना पौडेल, नियोहन बनजाडे, ओजस्वी पौडेल, प्राञ्जल भण्डारी, प्रतिज्ञा कोइराला, सक्ष्यम श्रेष्ठ, सलिश के.सी., शयान भट्टाचार्य, शिशिर बेल्बासे र शिवम खड्का रहेका छन्।

त्यसैगरी, विद्यालयका ७२ जना विद्यार्थीले ३.६० भन्दा माथि जी.पी.ए. प्राप्त गरेका छन् भने ५५ जनाले ३.२० भन्दा माथि र ४ जनाले ३.१३ भन्दा माथिको नतिजा हासिल गरेका छन्।

विद्यालय प्रशासनले यस उपलब्धिलाई विद्यार्थीहरूको अथक मेहनत, शिक्षकहरूको समर्पण, अभिभावकहरूको सहयोग तथा विद्यालयको गुणस्तरीय शैक्षिक वातावरणको प्रतिफल भएको जनाएको छ। विद्यालयले सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।

You may also like