दार्चुलामा भूकम्प गयो

by समतल अनलाइन
76Shares

काठमाडौं। आइतबार दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ।

दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, दिनको ११:५५ बजे दार्चुलाको तपोवन आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो।

You may also like