गुल्मीका युवक कीर्तिपुर हत्या प्रकरण : प्रहरीले सार्वजनिक गर्‍यो तीन आरोपी

by समतल अनलाइन
133Shares

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा एक युवकको हत्या प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मिति २०८३ वैशाख २३ गते दिउँसो करिब २ः२० बजे कीर्तिपुर नगरपालिका वडा नं. १० पोडेटोलस्थित चिया सागर नजिक २२ वर्षीय विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो ।

मृतक विपिन घिमिरे जिल्ला गुल्मी, धुर्कोट गाउँपालिका–७ स्थायी घर भई हाल कीर्तिपुर नगरपालिका–३ ढाल्पामा बस्दै आएका थिए ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोली अछाम साँफेबगर नगरपालिका–४ घर भई हाल कीर्तिपुर–९ भाजंगल बस्ने २५ वर्षीय महेन्द्र शाह, कैलाली बर्दगोरिया गाउँपालिका–४ घर भई हाल कीर्तिपुर–१० पाँगा दोबाटो बस्ने २३ वर्षीय रबिन्द्र धामी तथा कैलाली घोडाघोडी नगरपालिका–१ घर भई हाल कीर्तिपुर–८ सिनेमा हल बस्ने २२ वर्षीय रोशन बिष्टलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध ज्यान सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको जनाएको छ ।

You may also like

This will close in 0 seconds