38
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा समाचार संकलनका लागि पुगेका पत्रकारमाथि कार्यकर्ताहरूले आक्रमण गरेका छन्।
शनिबार बिहान अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि बसेको सचिवालय बैठकको रिपोर्टिङका लागि पुगेका दर्जनभन्दा बढी पत्रकारमाथि एमाले कार्यकर्ताहरूले लखेटी–लखेटी कुटपिट गरेका हुन्।
आफ्नो पेशागत मर्यादा अनुसार सूचना संकलन गरिरहेका पत्रकारमाथि एक्कासि जाइलागेका कार्यकर्ताहरूले भौतिक आक्रमण गर्नुका साथै उनीहरूले प्रयोग गरिरहेको सञ्चार उपकरणमा समेत क्षति पुर्याएका छन्।
घटनापछि पत्रकार सुरक्षा र प्रेस स्वतन्त्रताको विषय पुनः चासोको केन्द्रमा आएको छ।


