80
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन्।
जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनामा संलग्नताको आरोपमा प्रहरीले शनिबार बिहान उनलाई पक्राउ गरेको हो। पक्राउपछि ओलीले उक्त कदम राजनीतिक प्रतिशोधका आधारमा भएको प्रतिक्रिया दिएका छन्।
प्रहरी पक्राउ पुर्जी लिएर पुगेपछि उनले आफ्ना वकिलहरूसँग परामर्श गरेका थिए। सो क्रममा उनले भने, “यो पक्राउ प्रतिशोधपूर्ण छ। यसको कानुनी लडाइँ लड्छु, तपाईंहरू तयारी गर्नुहोस्।”
ओलीले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल तथा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई सँग परामर्श गरेका थिए।
परामर्शमा सहभागी वरिष्ठ अधिवक्ता भट्टराईले पनि पक्राउलाई गैरकानुनी ठहर गरेका छन्। उनले भने, “यो पक्राउको कुनै कानुनी आधार छैन, प्रथम दृष्टिमै गलत देखिन्छ।”


