काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोसहितको टोली ओलीलाई भक्तपुरस्थित उनको निवास गुण्डुबाट पक्राउ गरेको हो ।
ओलीलाई मन्त्रिपरिषद्को निर्णयसहित अत्यन्त जरुरी पुर्जी दिएर पक्राउ गरेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।
अहिले गुण्डु क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने सो क्षेत्रमा केहि संख्यामा एमाले कार्यकर्ताको उपस्थिति पनि देखिएको छ ।
भदौ २३ र २४ गतेको घटना हुदा ओली प्रधानमन्त्री थिए भने उनले आफुले गोली चलाउने आदेश नदिएको दाबि गर्दै आएका थिए । उनले भदौ २४ गते राजीनमा दिदै प्रधानमन्त्री निवास बालुवाटारबाट हेलिकप्टर चढेर बाहिरिएका थिए ।
उनको सरकारका गृहमन्त्री रहेका काँग्रेस नेता रमेश लेखक आजै बिहान पक्राउ परिसकेका छन् ।
भदौ २३ र २४ मा भएको प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
शुक्रबार बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि गृहमन्त्री सुदन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई आयोगको सिफारिस कार्यन्वयन गर्ने विषयमा छलफल गरेका थिए ।


