हाम्रो सभ्य शैलीले असभ्य शैलीलाई जित्न सकेन : केपी ओली

by समतल अनलाइन
33Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पङ्क्तिलाई सामाजिक सञ्जालमा सक्रिय हुन र पार्टीविरुद्धको प्रचारविरुद्ध प्रतिवाद गर्न निर्देशन दिएका छन् ।

पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालमा पार्टीको पक्षमा बोल्न नेता तथा कार्यकर्ता पर्याप्त सक्रिय नभएको बताउँदै भने, ‘हामी आफैंले सामाजिक सञ्जालको प्रयोग गर्नुपर्छ, प्रतिवाद गर्नुपर्छ। सत्य कुरा बोल्न तयार नहुँदा भ्रम फैलिन सक्ने अवस्था बनेको छ।’

अध्यक्ष ओलीले पार्टीका नेता–सांसदहरूलाई जनहित र राष्ट्रनिर्माणलाई केन्द्रमा राखेर काम गर्न निर्देश दिँदै पार्टीको नीति र निर्णयअनुसार अनुशासित रहनुपर्ने जोड दिएका छन्। उनले पार्टी एकताबद्ध भएर अगाडि बढ्नु आवश्यक रहेको र हरेस खानुपर्ने अवस्था नरहेको बताए ।

सामाजिक सञ्जालमा पछिल्लो समय अश्लिल प्रचार व्यापक रहेको बताउँदै ओलीले सत्य, समृद्धि र विकासको मार्गमा अघि बढ्नुपर्ने बताएका छन् । साथै उनले विश्व राजनीतिमा अराजकता हाबी भएको उल्लेख गरेका छन् ।

You may also like