साताको सेयर : नेप्से १२ सय ३८ बिन्दुमा, दुई अर्ब १९ करोडको कारोबार

by समतल अनलाइन
Shares

काठमाडौं,श्रावण २४। यो साता नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) मा एक सय ७३ कम्पनीहरुको ५६ हजार आठ सय नौ वटा कारोवार भएकाछन ।

जसअनुसार ७४ लाख ३८ हजार सात सय ५८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुई अर्ब १९ करोड १३ लाख ८७ हजार छ सय ३६ रुपैयाँ पुगेको छ । कारोवार रकम गत साताको तुलनामा केही बढी हो ।

गत साता भने नेप्सेमा एक सय ७४ कम्पनीहरुको ३२ हजार सात सय १५ वटा कारोवार भएका थिए । जसअनुसार ७५ लाख २६ हजार छ सय ११ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुई अर्ब नौ करोड ७३ लाख नौ हजार पाँच सय ५५ रुपैयाँ पुगेको थियो । यो साता बजार परिसुचक १२ सय ३८ दसमलव ५६ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ६८ दसमलव अंकमा पुगेर रोकिएको छ ।

यो साता नेप्सेको नियिमत कारोवार कक्ष पाँच दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो र पाँचौ दिन नेप्से घटेको थियो भने चौथौ दिन नेप्से बढेको थियो ।

पहिलो दिन बजार परिसुचक चार दसमलव दुई अंकले घटेर १२ सय ५९ दसमलव ६४ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ७५ अंकले ओरालो लागेर दुई सय ७१ दसमलव ७८ अंकमा झरेको थियो । दोस्रो दिन पनि बजार परिसुचक चार दसमलव ५५ अंकले घटेर १२ सय ५५ दसमलव नौ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ७७ अंकले घटेर दुई सय ७१ दसमलव शुन्य एक अंकमा झरेको थियो ।

तेस्रो दिन पनि बजार परिसुचक नौ दसमलव ३६ अंकले घटेर १२ सय ४५ दसमलव ७३ अंकमा झरेको थियो भने सेन्सिटिभ इन्डेक्स एक दसमलव ९१ अंकले घटेर दुई सय ७२ दसमलव १४ अंकमा झरेको थियो । साताको चौथो दिन सेयर बजार परिसुचक दुई दसमलव ७५ अंकले बढेर १२ सय ४८ दसमलव ४८ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ८६ अंकले बढेर दुई सय ६९ दसमलव ९६ अंकमा चढेको थियो ।

साताको पाँचौ दिन भने सेयर बजार परिसुचक नौ दसमलव ९२ अंकले घटेर १२ सय ३८ दसमलव ५६ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ९६ अंकले घटेर दुई सय ६८ अंकमा झरेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा प्रभु बैक, रसुवागढी हाईड्रो पावर कम्पनी, साञ्जेन जलबिद्युत कम्पनी, नेपाल बैंक आदि परेकाछन ।

यसैगरी सेयर कारोवार भएको संख्याको आधारमा भने यो साता प्रभु बैंक, एनआईसी एशिया बैक, नेपाल बैंक आदि परेकाछन । बजार पुंजीकरणका आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टान्र्डड चार्टड बैक लगायतका कम्पनीहरु अगाडि परेकाछन ।

सेयर सुचीकरणतर्फ भने यो साता साञ्जेन जलबिद्युत कम्पनीको तीन करोड २८ लाख ५० हजार कित्ता साधारण सेयर सुचीकृत र रसुवागढी हाईड्रो पावर कम्पनीको पनि छ करोड १५ लाख ७८ हजार नौ सय कित्ता साधारण सेयर सुचीकृत भएको छ ।

You may also like

This will close in 0 seconds