भिमसेन नेवा : समाजको अध्यक्षमा सितु प्रसाद श्रेष्ठ

by समतल अनलाइन
46Shares

बुटवल । नेवारी समुदायलाई एकतावद्ध बनाई नेवा सँस्कृति र पहिचानलाई स्थापित गर्न गठित भिमसेन नेवा : समाज तिलाेत्तमाको दाेश्राे अधिवेशनबाट अध्यक्षमा सितु प्रसाद श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

तिलाेत्तमा वनबाटिकामा भएको साे अधिवेशनमा समाजका अध्यक्ष त्रिभुवन प्रधानाङकाे अध्यक्षतामा र तिलाेत्तमा नगरपालिका बडा न ३ का वडा अध्यक्ष कल्याण पाैडेलकाे प्रमुख आतिथ्यता रहेको थियो । बुटवल उपमहानगरपालिका बडा न ९ वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठकाे विशिष्ट आतिथ्यता तथा समाजका पुर्व अध्यक्ष खेम नारायण श्रेष्ठको समेतकाे उपस्थितिमा सम्पन्न भएकाे थियो ।

अधिवेशनबाट समाजकाे उपाध्यक्षमा क्रमशः भगवती श्रेष्ठ , सचिवमा धिरज श्रेष्ठ , सहसचिवमा अंजिता श्रेष्ठ र काेषाध्यक्षमा पदम श्रेष्ठलाई सर्वसम्मत चयन गरेकाे थियो । समाजका सदस्यहरुमा क्रमशः रेखा श्रेष्ठ, सरस्वती श्रेष्ठ, सराेज श्रेष्ठ, मिना ताम्राकार र तारा श्रेष्ठ चयन भएका थिए। अधिवेशनमा सचिव सितु प्रसाद श्रेष्ठले प्रस्तुत सांगठनिक र काेषाध्यक्ष धिरज श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतरूपमा पारित भएकाे थियाे । प्रमुख अतिथि पाैडेलले भिमसेन नेवा समाजले गर्ने समाजिक कार्यमा वार्ड कार्यालयले सहकार्य गर्ने प्रतिवध्दता जनाए । अधिवेशनले समाजको आयोजनामा भएका कार्यक्रममा क्रियाशीलता सदस्यहरु लाई पुरस्कृत समेत गरेको थियोे । सदस्य सिर्जन श्रेष्ठ, सरस्वती श्रेष्ठ, रेखा श्रेष्ठ र मिना ताम्राकारले पुरस्कार प्राप्त गरेको थिए।

You may also like

This will close in 0 seconds