कार्यकर्तालाई ओलीको निर्देशन : एक हप्ताभित्र सुरक्षा टिम बनाउनू

by समतल अनलाइन
45Shares

काठमाडौँ । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई एक हप्ताभित्र सुरक्षा टिम गठन गर्न निर्देशन दिएका छन् ।

बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहणपछि सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन गराउन आग्रह गरे। उनले भने, ‘सके निर्वाचनको तयारी गर, नत्र बाटो लाग।’

ओलीले भदौ २४ गते धोका भएको दाबी गर्दै टोल टोलमा सुरक्षा दस्ता तयार पार्न निर्देशन दिए । राज्य संयन्त्रमाथि विश्वास नभएको उल्लेख गर्दै उनले भने, ‘धोका पाउन सक्छौँ। आफ्नो सुरक्षा आफैँ गर्नुपर्छ। शान्ति सुरक्षा आफैँले गर्नुपर्छ।’

उनले ‘जेनजीको नाममा धाकधम्की आउन सक्छ’ भन्दै एक हप्ताभित्र सुरक्षा टिम बनाउन निर्देशन दिएका हुन्।

You may also like