84
जनकपुरधाम । धनुषाको जनकपुरधाममा दुई समूहबीच झडप भएपछि भोलि रातिसम्मको लागि निषेधाज्ञा जारी भएको छ ।
छठको अर्ध्य दिनको लागि देवपुराको तेलिया पोखरीमा ठाउँ बनाउने क्रममा अस्ती विवाद भएको थियो । त्यसै विषयमा आज फेरि दुई समूहबीच हिंसात्मक झडप भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।
पूर्वमा जलाध नदीको कल्री बाँध, पश्चिममा जनकपुरको जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचोकदेखि बहुअर्वा जानेबाटोसम्म भोलि राति १० बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आजको झडपमा दुवै समूहका र प्रहरी गरी केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र हवाइ फायर पनि गरेको थियो ।