110
सरकारले कर,घरबेटीले भाडा माग्न थाल्यो
के दिन हो भोको पेटले खाना माग्न थाल्यो
लक डाउनले बिल्ली बाठ पार्ने भयो अबत
स्कुलले फिस र साहुले पैसा माग्न थाल्यो
गरिबका दिनहरु अझै कहिले फिर्छ था छैन
हिजो देखी बैंकले पनि किस्ता माग्न थाल्यो
घरमै एक मुठी पिठो छैन खोले बनाउनलाइ
सानो छोरो नजिक आयो माछा माग्न थाल्यो
जिन्दगीको परिक्षामा हात लाग्यो शुन्य आज
उधारो जिबनले नि सधैं नाफा माग्न थाल्यो
माया पाण्डे ज्ञवाली
बुटवल – ८ दिपनगर