पाल्पामा ६४ वर्षीय वृद्ध भरुवा बन्दुकसहित पक्राउ

by समतल अनलाइन
59Shares

पाल्पा । तानसेन नगरपालिका–१३ केरवादीका ६४ वर्षीय शालिकराम रेश्मीलाई प्रहरीले घरमै लुकाइ राखिएको भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ। आइतबार बिहान जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले नियमित घर–तलासीका क्रममा उनको घरबाट बन्दुक फेला पारेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त हतियार कसरी राखिएको थियो वा सो को कहाँ प्रयोग हुने थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ। अवैधिक रूपमा हतियार राख्नेप्रति कडाइ गरिएको भन्दै प्रहरीले नागरिकलाई यस्ता हतियार नबोक्न र सुरक्षासँग सहकार्य गर्न अनुरोध गरेको छ।

You may also like