एनपीएलमा आज लुम्बिनी र चितवन भिड्दै

by समतल अनलाइन
23Shares

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ ।आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच खेल हुदैछ । यो खेल दिउसो ४ बजेदेखि टियु क्रिकेट मैदानमा शुरु हुने छ ।

लुम्बिनी लायन्सको यस सिजनमा यो पहिलो खेल हो भने चितवनले यसअघि खेलेको पहिलो खेलमा जित हासिल गरेको छ । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो ।

यस सिजनमा पनि रोहित कुमार पौडेलको कप्तानीमा खेलिरहेको लुम्बिनीमा सन्दीप जोरा, विवेक यादव जस्ता राष्ट्रिय खेलाडी छन् भने थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता विदेशी खेलाडी रहेका छन् ।

त्यस्तै कुशल मल्लको कप्तानीमा रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनाल जस्ता राष्ट्रिय खेलाडी रहेका छन् भने रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी जस्ता विदेशी खेलाडी रहेका छन् ।

You may also like