242
काठमाडौँ। चितवनको इच्छाकामना गाउँपालिका २ का वडाध्यक्ष पञ्चबहादुर प्रजालाई बोक्सोको आरोपमा जुत्ताको माला र कालोमोसो दलिएको छ । स्थानीय उत्तरकुमार गुरुङको समूहले प्रजालाई बोक्सोको आरोपमा कालोमोसो दलेकाे हाे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट वडाध्यक्ष चुनिएका प्रजालाई शनिबार जबरजस्ती मोसो दलिएको थियो ।
उक्त समूहले पहिलेदेखि नै प्रजामाथि दुर्व्यवहार गर्ने गरेका थिए । गुरूङको समूहले धेरै पहिले देखिनै गाउँमा गुण्डागर्दी गर्दै आएको स्थानीयले बताएका छन् । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरेको छ ।यस घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । – न्युज अफ नेपाल