विश्वासको मतअघि मुख्यमन्त्री सोनालले अचानक दिए राजीनामा

by समतल अनलाइन
34Shares

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनालले विश्वासको मत लिने कार्यसूचीमा अघि बढ्नुअघि नै अचानक राजीनामा दिएका छन् ।

शनिबारको प्रदेशसभा बैठकमा बोल्दै लोसपाका नेता सोनालले राजीनामाको घोषणा गरे । साथै आफ्नो राजीनामा पत्र आजै प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाउने जानकारी दिए ।

विश्वासको मतका लागि आज समय तय भए पनि विश्वासको मत नपाउने भएपछि उनले पदत्यागको निर्णय गरेका हुन् । जनमत पार्टीमा विभाजन भएसँगै उनको सरकार अल्पमतमा परेको थियो ।

सोनाल गत असोज ३० गते जसपा, जनमत, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर, मत विभाजन र केही सांसदहरूको अनुपस्थितिले बहुमत नपाउने अवस्था आएको थियो । त्यसपछि उनले बैठकमै राजीनामा घोषणा गरेका हुन् ।

You may also like