कांग्रेसले ३ दिन झण्डा आधा झुकाउने, आइतबार सबै कार्यालय बन्द गर्ने

by समतल अनलाइन
35Shares

काठमाडौँ ।नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको आकस्मिक बैठकले आलमप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कार्तिक २२, २३ र २४ गते तीन दिनका लागि पार्टीका सबै तहका कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकले कार्तिक २३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द रहने र निधनको १३ दिनसम्म शोक पुस्तिका राख्ने तथा सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय पनि गरेको छ ।

You may also like