नेपालको शानदार प्रदर्शन, किर्गिस्तानसँग उपाधि भिडन्त आइतबार

by समतल अनलाइन
30Shares

काठमाडौँ । नेपालले काभा महिला यु–१९ भलिबल च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ ।

श्रीलङ्काको कोलम्बोमा शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा ३–० ले हराउँदै फाइनल यात्रा तय गरेको हो।

नेपालले पहिलो सेट २५–११, दोस्रो सेट २५–३ र तेस्रो सेट २५–५ ले जित्दै सहज जित निकालेको हो। समूह विजेता बनेको नेपालले सेमिफाइनलमा पहुँच पाएको थियो, जबकि माल्दिभ्स समूहको पुछारमा रहेर नेपालसँग भिडेको थियो ।

अब नेपालले आइतबार किर्गिस्तानसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । किर्गिस्तानले सेमिफाइनलमा आयोजक श्रीलंकालाई पराजित गरेको हो।

You may also like