हङकङ सिक्सेसमा नेपाल अर्को खेलमा पनि पराजित, प्रतियोगिताबाट बाहिरियो

by समतल अनलाइन
84Shares

काठमाडौं ।हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपाल दक्षिण अफ्रिकासँग पनि पराजित भएको छ । आज बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिकाले नेपाललाई ४ विकेटले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

नेपालले दिएको ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३ ओभर ४ बलमै २ विकेटको क्षतिमा पूरा गर्‍यो । दक्षिण अफ्रिकाका ब्लेक डेभिड सिम्पसनले अविजित ३० रन बनाए । नेपालका लोकेश बमले २ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ६ ओभरमा ५८ रनमै सबै विकेट गुमाएर आउट भयो । नेपालका राशिद खानले सबैभन्दा धेरै १६ रन जोडे । दक्षिण अफ्रिकाका जोरिच भ्यान शाल्कविक, अब्दुल्ला बेयुमी र ब्लेक डेभिड सिम्पसनले समान २–२ विकेट लिए ।

दक्षिण अफ्रिकासँग हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘ए’ बाट अफगानिस्तान र दक्षिण अफ्रिका क्वार्टरफाइनल पुगेका छन् ।

नेपालले हिजो अफगानिस्तानसँग भएको खेलमा १७ रनले हार व्यहोरेको थियो । प्रतियोगितामा १२ राष्ट्रको सहभागिता छ । हङकङ सिक्सेस हिजोबाट सुरू भएको हो ।

प्रतियोगितामा प्रत्येक समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।

You may also like