पूर्वमन्त्री आफताव आलमको मृत्यु

by समतल अनलाइन
85Shares

काठमाडौँ । पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु भएको छ । काठमाडौँको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारकोको क्रममा गएराती आलमको मृत्यु भएको हो।

२०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोट प्रकरणमा इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको सजाय पाएका पूर्वमन्त्री आलमलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले गएको जेठ १४ गते सफाइ दिएको थियो ।

आलम २०५४ सालमा श्रम राज्यमन्त्री, २०५५ सालमा वन राज्यमन्त्री, २०५६ सालमा स्थानीय विकास राज्यमन्त्री, २०६४ सालमा श्रम तथा यातायात मन्त्री बनेका थिए ।

आलमका दुई छोरा र एक छोरी छन् । जेठो डा. फिरदोस र कान्छो डा. राजिक हुन् । राजिक अहिले राजपुर नगरपालिकाका नगरप्रमुख छन् ।

You may also like