81
काठमाडौँ । सर्वोच्च अदालतले डा. निकोलस भुसाल (कमल)को बन्दी प्रत्यक्षीकरण रिटमा अन्तरिम आदेश आदेश दिन अस्वीकार गरेको छ ।
भड्काउपूर्ण अभिव्यक्तिपछि पक्राउ परेका डा. निकोलस भुसाल (कमल)को बन्दी प्रत्यक्षीकरण रिटमा शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
भुसालले गत कात्तिक १६ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका थिए । त्यस्तै, उनले ‘क्षेप्यास्त्र आक्रमण गर्ने’ चेतावनी पनि दिएका थिए ।
उनको यस अभिव्यक्तिका कारण उनी पक्राउ परेका हुन् । भुसाललाई गत मंगलबार गोरखा नगरपालिका–८, रानीवनस्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको थियो ।




