विप्लव, घनश्याम र जनार्दनले गरे एक भएर अघि बढ्ने संकल्प

by समतल अनलाइन
69Shares

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’, घनश्याम भुसाल र जनार्दन शर्माले सहकार्य गर्दै एक भएर अघि बढ्ने संकल्प गरेका छन् ।

शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले भनेका छन्, ‘हामी साझा उद्देश्यका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाउँछौँ।’ साथै सबै प्रतिबद्ध कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूसँग सार्थक संवाद, छलफल र सहकार्यका लागि आह्वान गरेका छन् ।

तीनै जना संलग्न रहेको दलसहितको नेपाली कम्युनिस्ट पार्टी बनेको छ । भुसाल यसअघि नेकपा (एकीकृत समाजवादी) का महासचिव थिए, शर्माले नेकपा (माओवादी केन्द्र) मा उपमहासचिवको जिम्मेवारी सम्हालेका थिए, र ‘विप्लव’ नेकपाका महासचिव हुन् ।

तीनै जना पुष्पकमल दाहाल ‘प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक बन्ने गरी भएको पार्टी एकतामा सामेल भएनन् । तीनै जनाले शुक्रबार संयुक्त प्रेस वक्तव्य निकालेर एक भएर अघि बढ्ने संकल्प लिएका हुन् ।

You may also like