जेनजी आन्दोलनमा प्रहरी कार्यालयमा आगजनी र प्रहरीमाथि कुटपिट : थप दुई आरोपी पक्राउ

by समतल अनलाइन
61Shares

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका– ७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका– ३ घर भएका ४७ वर्षीय सानुकान्छा वाइबा छन् ।

उनीहरूमाथि प्रहरीलाई कुटपिटसमेत गरेको आरोप छ । उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरी प्रभाग साँखुले जनाएको छ ।

यस्तै, जेनजी आन्दोलनको क्रममा लुटपाट भएको हतकडी र सोको चाबीसहित झापाको दमक नगरपालिका वडानम्बर २ घर भई हाल काठमाडौंको बालाजु बस्ने २९ वर्षीय साजन श्रेष्ठ पक्राउ परेका छन् ।

उनलाई यही कात्तिक ८ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोकाबाट नियन्त्रणमा लिइएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

You may also like