बुटवलमा बसको ठक्करबाट एक जनाको मृत्यु

by समतल अनलाइन
104Shares

बुटवल । बुटवलमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। लुम्बिनी बस टर्मिनलबाट निस्किने क्रममा बसले ठक्कर दिएपछि गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको हो।

बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ४०९७ नम्बरको बस बिहान करिब ७ बजे बसपार्कको गेटनजिक निस्किँदै गर्दा पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करबाट कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–७ बडसुदुवाका ३५ वर्षीय दिनेश यादव गम्भीर घाइते भएका थिए। उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

यादव बुटवलमा पेन्टिङको काम गर्दै आएका थिए। तिहारको बिदा भएपछि बिहान घर जान बसपार्कतर्फ जाँदै गर्दा उनी दुर्घटनामा परेका हुन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्र बहादुर रानाका अनुसार बस र चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–९ का ४० वर्षीय भीम मगरलाई नियन्त्रणमा लिइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

You may also like

This will close in 0 seconds