मैले गरेको सिफारिसमा सुशीला कार्कीको नाम छैन : केपी ओली

by समतल अनलाइन
75Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारको प्रधानमन्त्रीमा आफूले सुशीला कार्कीको नाम सिफारिस नगरेको स्पष्ट पारेका छन् ।

आइतबार राजधानीमा आयोजित सम्पादकहरूसँगको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

ओलीका अनुसार संविधान र लोकतान्त्रिक प्रक्रियाभित्रै रही नयाँ प्रधानमन्त्रीको खोजी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको भए पनि त्यसमा सुशीला कार्कीको नाम समावेश छैन ।

उनले राष्ट्रपतिलाई पठाएको सिफारिसको ब्यहोरा पढेर सुनाउँदै सुशीला कार्कीको नाम कतै उल्लेख नभएको जिकिर गरे । संविधान र संसद् चलाउन हुँदैन भन्ने कुरा आफूले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देललाई प्रस्ट भनेको पनि दाबी गरेका छन् ।

‘संविधान र संसद् चलाउन हुँदैन भन्ने कुरामा राष्ट्रपतिज्यू, कामचलाउ प्रधानमन्त्री र प्रधानसेनापति उपस्थित भएका ठाउँमा मेरो प्रस्ताव थियो । उहाँहरू दुवैले त्यो स्वीकार्नुभएको थियो,’ उनले भनेका छन् ।

You may also like

This will close in 0 seconds