मिराज ढुंगाना समुहको नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा

by समतल अनलाइन
85Shares

काठमाडौं । जेनजी आन्दोलनका एक अगुवा मिराज ढुंगाना नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर ढुंगानासहितका युवाहरुले नयाँ राजनीतिक पार्टी खोलेर अघि बढ्न लागेको बताएका हुन् ।

ढुंगानाले आफुहरुले चुनावमा जान भनेर मात्र पार्टी खोल्न नलागेको भन्दै आन्दोलनलाई छोडेर जान नमिल्ने भएकाले नयाँ पार्टी खोल्न लागेको बताए । उनले भने- ‘हामी चुनावमा जाने भनेर पार्टी खोल्न लागेका होइनौँ । भिडले देश विकास हुँदैन, कि एनजिओ खोल्नुपर्‍यो कि पार्टी नै खोल्नुको विकल्प छैन। हामीले यो आन्दोलनलाई छाडेर जान मिल्दैन । प्रत्यक्ष निर्वाचित कार्यकारी नै हाम्रो बटमलाइन हो । त्यो मुद्दालाई सुन्नौं पर्छ । हामी चुनावमा जान भन्दा पनि सङ्गठित भएर अघि बढ्नको लागि पार्टी खोल्न लागेका हौँ ।’

ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था, भ्रष्टाचार अन्त्य गर्नको लागि नागरिक स्तरीय छानबिन समिति गठन नभएसम्म आफुहरुले चुनावमा भाग नलिने स्पष्ट गरे ।

ढुंगानाले देशमा युवाहरुलाई बस्न सक्ने वातावरण बनाउनुपर्ने भन्दा युवा पुस्ताको पलायन रोक्न आफुहरु राजनीतिमा आउनुपरेको धारणा राखे । उनले जेनजीहरुलाई एक ठाउँमा आउन आह्वान गर्दै नयाँ दलको नाम के राख्ने भन्ने जनतासँग सुझाव लिइरहेको बताएका छन् ।

You may also like

This will close in 0 seconds