मुग्लिन–नारायणगढ सडकमा ७ वटा गाडी आपसमा ठोक्किए, सातजना घाइते

by समतल अनलाइन
79Shares

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् ।

शुक्रबार बिहान भएको दुर्घटनामा सात जना घाइते भएका छन् ।ठोकिएका सवारीसाधनमा ट्रक, बस, माइक्रोबस र केही निजी कार छन्।

प्रत्यक्षदर्शीका अनुसार एक ट्रकले अचानक ब्रेक लगाउँदा पछाडीबाट आइरहेका सवारी साधन एकपछि अर्को गर्दै ठोक्किएका थिए ।

दुर्घटनामा परेका घाइतेहरूको उद्धार गरी भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

You may also like

This will close in 0 seconds