काठमाडौँ । बझाङमा गएराति भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ८ मिनेटमा बझाङमा ४ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्र रहेको केन्द्रले जनाएको छ।
मध्यरातमा भूकम्प महसुस हुँदा स्थानीय बासिन्दामा त्रास फैलिएको थियो। भूकम्पको धक्का बझाङसँगै आसपासका जिल्लाहरूमा पनि अनुभव गरिएको थियो।
स्थानीय प्रहरीका अनुसार भूकम्पका कारण हालसम्म कुनै क्षति भएको विवरण प्राप्त भएको छैन।
यसअघि असोज १० गते रामेछापको भटौली केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसअघि असोज १ गते पूर्वी रुकुम र बागलुङको सीमाक्षेत्र पातिहाल्ने भञ्ज्याङ केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो।
भूकम्पविद्हरूका अनुसार नेपाल भौगोलिक रूपमा भूकम्पीय जोखिम उच्च भएको क्षेत्र भएकाले सधैं सतर्क रहनु आवश्यक छ।