154
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशन मंसिरभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन्।
मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले पार्टीको विधानअनुसार नियमित महाधिवेशन समयमै गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘नियमित महाधिवेशन हुनुपर्यो, मंसिरभित्रै हुनुपर्यो, योभन्दा तलमाथि हुनु हुँदैन। केन्द्रीय समितिले यसबारे निर्णय गर्छ।’ त्यसअघि बैठक उद्घाटन गर्दै सभापति शेरबहादुर देउवाले पनि विधानअनुसारै १५औं महाधिवेशन हुने स्पष्ट पारेका थिए।
कांग्रेसभित्र पछिल्ला दिनमा महाधिवेशनको मिति र तयारीका विषयमा छलफल तीव्र बनेको छ । मंसिरभित्र महाधिवेशन सम्पन्न गर्ने या केही समय पछाडि सार्ने भन्ने विषयमा नेताहरूबीच मतभेद देखिएको छ।




