फरेन्सिक परीक्षणबाट विपिन जोशीको शव पुष्टि

by समतल अनलाइन
75Shares

काठमाडौँ।फरेन्सिक परीक्षणपछि विपिन जोशीको शव पुष्टि भएको छ। हमासले सोमबार राति इजरायललाई विपिनसहित चार जनाको शव हस्तान्तरण गरेको थियो।

इजराइली सेनाले चारै जनाको शवको पहिचान फरेन्सिक परीक्षणबाट भएको पुष्टि गरेको छ र यसबारे परिवारलाई जानकारी दिइएको छ। सेनाका अनुसार, तेलअविवस्थित अबु काबिर फरेन्सिक संस्थानले अनुसन्धान पूरा गरेपछि उनीहरूको मृत्युको कारण र अवस्थाबारे अन्तिम निष्कर्ष सार्वजनिक गर्नेछ।

‘विपिनको शव पहिचान भएको खबर पाएका छौं,’ दाजु किशोर जोशीले कान्तिपुरसँग भने, ‘नेपाल कहिले आउँछ भनेर मिति दिएको छैन। आवश्यक प्रक्रिया पूरा भएपछि खबर गर्छौं भनेका छन्।’

इजरायली सेनाले भनेको छ कि ‘हमासबाट विपिनको हत्या युद्धको पहिलो महिनामै गाजामा कैद गरिएको अवस्थामा गरिएको’ हो। यसअघि हमासले गाजा पट्टीमा इजरायली हवाई आक्रमणका क्रममा विपिनको मृत्यु भएको दाबी गरेको थियो।

You may also like