55
काठमाडौँ । जेनजी आन्दोलनसँग जोडिएको पेस्तोलसहितको भिडियो भाइरल भएपछि युवक आफै प्रहरी कार्यालय पुगेका छन् । ती व्यक्ति तेन्जेन दावा हुन्, जसले भिडियोमा देखिएको व्यक्ति आफू नै भएको प्रहरीसमक्ष बताएका छन् ।
उनी उपत्यका अपराध अनुसन्धान कार्यालयमा आफै पुगेका थिए । उनलाई हाल काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार दावाले पेस्तोल नक्कली भएको दाबी गरेका छन्।
जेनजी प्रदर्शनका बेला ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर बिजुलीबजारको पुलमा ‘पेस्तोल’सहितको भिडियो बाहिर आएपछि त्यसबारे प्रहरीले चासो देखाएको थियो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार यसबारे अनुसन्धान भइरहेको छ ।