पुनर्निर्माण कार्य योजना तयार गर्न अर्थ मन्त्रालयको सर्कुलर

by समतल अनलाइन
75Shares

काठमाडौँ । अर्थ मन्त्रालयले देशभरिका सरकारी तथा सार्वजनिक संरचनामा तोडफोड र आगजनीका घटनापछि सम्बन्धित कार्यालयहरूलाई पुनर्निर्माण कार्य योजना तयार गर्न सर्कुलर जारी गरेको छ ।

गत २४ भदौमा सिंहदरबारभित्रका भवनहरूसहित सर्वोच्च अदालत, जिल्ला अदालत, विशेष अदालतलगायतका संरचनामा तोडफोड र आगजनी भएको थियो। सङ्घीय संसद् भवनको रूपमा प्रयोग हुँदै आएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा समेत क्षति पुगेको छ।

पुनर्निर्माण कार्य योजना निर्माणका लागि अर्थ मन्त्रालयले सङ्घीय संसद् सचिवालयमा समेत सर्कुलर पठाएको छ । यसै सन्दर्भमा गत शुक्रबार सभामुख देवराज घिमिरेको उपस्थितिमा प्रशासनिक बैठक बसेको थियो।

संसद् सचिवालयका अनुसार सम्मेलन केन्द्रको पार्किङ क्षेत्रमा रहेका १९ वटा गाडी र ३६ वटा मोटरसाइकलमा क्षति पुगेको छ भने दुई वटा मोटरसाइकल हराएको जनाइएको छ।

You may also like