काठमाडौँ।तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेनजी पुस्ताले आयोजना गरेको प्रदर्शनमा आफूले कुनै पनि प्रकारको बल प्रयोग गर्न आदेश नदिएको स्पष्ट पारेका छन्।
शुक्रबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘प्रधानमन्त्री जोसुकै भए पनि गृहमन्त्रीले आदेश दिने भन्ने विषय होइन । न मबाट न त प्रधानमन्त्रीबाट बल प्रयोगको कुनै आदेश दिइएको हो।’
भ्रष्टाचार तथा सामाजिक सञ्जाल बन्दविरुद्ध गरिएको भदौ २३ को प्रदर्शनमा काठमाडौँमै १७ जनाको मृत्यु भएको थियो । देशभर फैलिएर भएको आन्दोलनमा सरकारी तथा निजी संरचनामा व्यापक तोडफोड र आगजनीसमेत भएको थियो। लेखकले ती घटनाप्रति आफू दुःखी भएको र त्यसकै कारण तत्कालीन समयमा गृहमन्त्री पदबाट राजीनामा दिएको बताए।
उनले भने, ‘धेरै मानिसको ज्यान गयो, संरचनाहरूमा आगजनी भयो । ती सबै घटनाले मलाई दुःखी बनायो। त्यसैले म तत्काल पदबाट बाहिरिएँ।’




