काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणको अन्तिम चरणमा पुगेको किर्तिपुरस्थित क्रिकेट रंगशालाको अनुगमन पुगेका छन् ।
बिहिबार टियु क्रिकेट मैदान पुगेका मन्त्री घिसिङलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र निर्माण कम्पनीका प्रतिनिधिहरुले निर्माणमा भएको प्रगति र अगामी योजना बारे ब्रिफिङ गरेका थिए ।
अनुगमनका क्रममा घिसीङले अहिले १०-१२ हजार दर्शक बस्ने स्थान निर्माण सम्पन्न भएको र फ्लड लाइट एक महिनामा सकिने जानकारी दिदै यस रंगशालाको अन्य निर्माणका काम पनि एकै पटक अगाडी बढाउने बताए । यो रंगशाला देशकै प्रतिष्ठाको विषय भएको भन्दै बजेट सुनिस्चित गरेर यसको बाँकी निर्माण पनि छिटो गर्ने बताएका छन् ।
सो क्रममा मन्त्री घिसिङले निर्माण कम्पनिका प्रतिनिधिलाई एनपीएल अघि जसरी पनि काम सक्न निर्देशन दिएका थिए ।