लायन्स आँखा अस्पतालको सभापतिमा श्रेष्ठ ः बुटवल उद्योग वाणिज्य संघमा सम्मान

by समतल अनलाइन
112Shares

बुटवल ।बुटवलको लायन्स आँखा अस्पतालको सभापति पदमा मनोनित हुनु भएकोमा बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य महेशप्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ । संघको आईतबार बसेको कार्यसमिति बैठकमा अस्पतालको सभापति पदमा मनोनित हुनु भएका श्रेष्ठलाई सममान गरिएको हो ।

उहाँलाई संघका अध्यक्ष हरिप्रसाद अर्यालले टिका सहित खादा लगाएर सम्मान गर्नुभएको हो । त्यस अवसरमा बोल्दै संघका अध्यक्ष अर्यालले अस्पतालको व्यवस्थापकीय जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

लायन्स क्लव अफ बुटवलले स्थापना गरि सञ्चालनमा ल्याएको बुटवल लायन्स आँखा अस्पतालमा क्लवले ४ वर्षे कार्यकालको लागि अध्यक्ष सहित पदाधिकारी मनोनित गर्ने गर्दछ । यस अंगाडि अध्यक्ष रहनुभएका रामेश्वरप्रसाद श्रेष्ठको कार्यकाल सकिएपछि क्लवले अध्यक्ष पदमा क्लवका पूर्व अध्यक्ष महेशप्रसाद श्रेष्ठलाई मनोनित गरिएको लायन्स क्लव अफ बुटवलका अध्यक्ष प्रतिक पोखरेलले जानकारी गराउनु भयो ।

त्यस अवसरमा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजू, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, लायन्स क्लव अफ बुटवलका अध्यक्ष समेत रहनुभएका संघका सचिव प्रतिक पोखरेल, सहकोषाध्यक्ष धनाकुमारी खनाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

You may also like