148
काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् । आइतबार (असोज १२) बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त गरेको हो ।
खनाल सामाजिक नवप्रवर्तन तथा परराष्ट्र नीति केन्द्रका अनुसन्धान सल्लाहकार हुन् । पत्रकारिता पृष्ठभूमिका खनाल यसअघि उकालो डटकमका प्रधानसम्पादक थिए ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले गोविन्दनारायण तिमल्सिनालाई जनसम्पर्क सल्लाहकार पदमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । तिमल्सिना विवेकशील नेपाली दलका संस्थापक सदस्य हुन्।
सञ्चारमन्त्री खरेलले मन्त्रिपरिषद् बैठकका थप निर्णय दसैँ बिदापछि हुने सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जानकारी दिए ।