बिना इजाजत घरजग्गा कारोबार गरे २५ लाख जरिवाना

by समतल अनलाइन
112Shares

काठमाडौँ । सरकारले घरजग्गा कारोबारसम्बन्धी राजपत्र प्रकाशन गर्ने निर्णय गरेको छ । सरकारको निर्णयअनुसार अब तीन करोडभन्दा बढीको घरजग्गा कारोबार गर्दा इजाजत पत्र चाहिने भएको छ ।

नेपालका सबै ६ महानगरपालिका र ११ उपमहानगरपालिका क्षेत्रमा एक पटकमा तीन करोडभन्दा बढीको घरजग्गा कारोबार गर्दा इजाजत पत्र लिने व्यवस्था सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।

भदौ पहिलो साता राजपत्रमा प्रकाशित मालपोत नियमावली (आठौँ संशोधन) ले भने अनुमति पत्र नलिई घरजग्गा कारोबार गरेमा २५ लाख जरिवाना र ६ महिना कैद सजाय हुने व्यवस्था गरेको थियो।

सो नियमावलीले यसरी इजाजत लिँदा एक पटकमा पाँच करोड रुपैयाँसम्म कारोबार गर्नेलाई पाँच लाख रुपैयाँ नवीकरण दस्तुर र एक पटकमा पाँच करोड रुपैयाँ भन्दा घटी वा बढी जतिसुकै रकमको कारोबार गर्नेलाई दश लाख रुपैयाँ दस्तुर तोकिएको छ।

You may also like