108
काठमाडौँ । भ्रष्टाचारमा मुछिएका नेता तथा उनीहरूका परिवारको राहदानी रोक्का गर्ने विषय अध्ययनकै चरणमा रहेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले बताएका छन् ।
बिहीबार मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खरेलले पासपोर्ट रोक्काको सन्दर्भमा अनुसन्धान भइरहेको बताए । उनले भने, ‘भ्रष्टाचार, अनियमितता र अपराधसँग जोडिएका व्यक्तिहरूको विषयमा राज्य संयन्त्रले अनुसन्धान गरिरहेको छ। राहदानीको विषयमा पनि अध्ययन अघि बढेको छ।’
जेनजी आन्दोलनकारीहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, उनकी पत्नी आरजु राणा देउवा, तथा पूर्वगृहमन्त्री रमेश लेखकको राहदानी रोक्का गर्न माग गर्दै आएका छन् ।