170
बुटवल । बुटवल उपमहानगरपालिका–८ रामनगरस्थित सडकमा बुधबार राति भएको स्कुटर दुर्घटनामा एक महिलाको ज्यान गएको छ।
लु ५१ प ९४१४ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा देवदह नगरपालिका–१० भलुहीकी ३८ वर्षीया विद्या शाही गम्भीर घाइते भएकी थिइन्।
उनीलाई उपचारका लागि तत्काल सिद्धबाबा अस्पताल, बुटवल ल्याइए पनि बचाउन सकिएन। अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।