ऊर्जामन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता

by समतल अनलाइन
113Shares

काठमाडौँ । ऊर्जा मन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विस राजदूत डेनिएल मेउलीबीच सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा स्विस सहयोगमा हाल सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था, अल्पकालीन र दीर्घकालीन सहयोगका सम्भावित क्षेत्र, स्विस लगानी, द्विपक्षीय सहयोगलगायत विषयमा छलफल भएको थियो।

राजदूतले मन्त्री घिसिङलाई सफल कार्यकालको शुभकामना दिँदै स्विस सहयोगमा सञ्चालित आयोजना र भावी सहकार्यका सम्भावनाबारे छलफल गरिन् । मन्त्री घिसिङले स्विट्जरल्यान्डले सडक यातायातमा प्रयोगमा ल्याएको सुरुङ प्रविधि, हरित हाइड्रोजन, रोजगारीमूलक तालिम, र विद्युतीय यातायात प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरे ।

राजदूत मेउलीले नेपालमा ऊर्जा र पूर्वाधार विकासमा सहयोग निरन्तर रहने बताइन् ।

You may also like