प्रधानमन्त्रीलाई बालेनको प्रश्न : गोली चलाउनेहरू किन पक्राउ परेनन् ?

by समतल अनलाइन
121Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले जेनजी आन्दोलनको दमन गर्नेहरूलाई सरकारले कारबाही नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीसँग असन्तोष प्रकट गरेका छन् ।

बालेनले बुधबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीमाथि गोली चलाउने र आदेश दिनेहरूलाई कारबाही नगरेको विषय उठाएका थिए ।

“सरकार गठन भएको यतिका दिन भइसक्यो, गोली चलाउने र आदेश दिनेहरू कहाँ छन् ?” बालेनले भने । उनले पीडित परिवारहरूको असन्तोष र कारबाहीको ढिलाइबारे प्रधानमन्त्रीलाई सचेत गराएका थिए ।

जवाफमा प्रधानमन्त्री कार्कीले यस विषयमा आफू गम्भीर रहेको प्रतिक्रिया दिएकी स्रोतले जनाएको छ । ‘अत्याचार गर्ने, शक्तिको दुरुपयोग गर्ने कसैले उन्मुक्ति पाउँदैन। उन्मुक्ति दिने कुरै छैन।’ प्रधानमन्त्रीले भनेकी थिइन् ।

जेनजी आन्दोलनमा भएको दमन र विध्वंसका बारेमा छानबिन गर्न सरकारले गत शुक्रबार पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। तर, उक्त आयोगले अहिलेसम्म पनि कार्यभार सम्हाल्न सकिरहेको छैन।

उनीहरूबीच करिब आधा घण्टा कुराकानी भएको स्रोतको भनाइ छ।

You may also like