119
काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा फेरि मंगलबार दिउँसो भयङ्कर सुक्खा पहिरो खसेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा माथिबाट ठूलो सुख्खा पहिरो निरन्तर खसी रहेकोले दुईतर्फ सडक पुनः अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तुइन खोलामा अत्यन्तै ठूलो पहिरो खसेको हुँदा सडक नै भासिने जोखिम बढेको छ । जसका कारण सडक खुल्न कति दिन लाग्छ भनेर केही भन्न नसकिने प्रहरीले जनाएको छ ।
सडक नै भासिन सक्ने जोखिमका कारण अहिले सवारीसाधनलाई फिर्ता गरेर प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । पहिरो निरन्तर खसिरहेकोले तत्काल पहिरो पन्छाउने सम्भावना पनि न्यून रहेको प्रहरीले जनाएको छ ।