नवनियुक्त मन्त्रीहरूले लिए शपथ

by समतल अनलाइन
117Shares

काठमाडौं। नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।

शपथ लिनेहरूमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, वैज्ञानिक महावीर पुन, राज्य पुनर्संरचना आयोगका पूर्वसंयोजक मदन परियार र पत्रकार जगदीश खरेल रहेका छन्।

सिन्हाले उद्योग, वाणिज्य तथा आपुर्ति, कानुन, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था तथा गरिबी निवारण, पुनले शिक्षा, विज्ञान तथा प्रविधि, परियारले कृषि तथा सहकारी र खरेलले सञ्चार, सूचना तथा प्रविधि मन्त्रीको रुपमा शपथ लिएका हुन्। यसअघि नै अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्।

प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डलमा हेरफेर समेत गरेकी छन् । अर्थमन्त्री खनाललाई संघीय मामिला मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ भने गृहमन्त्री अर्याललाई दिइएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी नवनियुक्त मन्त्री सिन्हालाई दिइएको छ । यसअघि चार सदस्यीय मन्त्रिपरिषद्मा सोमबार चारजना थपिएपछि आठ सदस्यीय भएको छ ।

You may also like